टेकराज पोखरेलनवलपुर : भित्तामा झुण्ड्याइएको तस्विरमध्ये कुनामा एउटा फरक तस्विर छ। हातले कोरिएको मानिसको चित्रमा कपाल मुण्डन गरिएको अनि निधारमा रातो टीका छ। जुँगा काटिएको तर लामा लामा दाह्री छन्। गेरु बस्त्र धारण गरेको मान्छेको घाँटीमा भने क्रस (जिसस) चिह्न भएको माला छ। जुन तस्विरले सबैको ध्यान सजिलै खिचेको छ। एउटै व्यक्तिलाई कतिकति धेरै प्रकारको रुप धारण गरिएको। तस्विरले सबैको ध्यान खिचे पनि यसको अर्थ बुझ्न भने अलि कठिन नै छ। चित्रकार प्रकाश थापा ‘प्रथा’ले कोरेका उक्त तस्विरले स