देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगीका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगीबारे कोरोना महामारी बढी जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् । पाकिस्तानी अखबार ‘डन’का अनुसार, आकाश छुँदै गएको महँगीले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ । उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए ।सन् २०१८ मा राजनीत