खोटाङ – खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो। भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]