बडादसैको आज दोस्रो दिन दसैँको टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि आज आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने परम्परा छ। टाढा रहेका मान्यजनकहाँ जानेहरू कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउन जाने गर्दछन्। नेपालका कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन भए […]