सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकले समावेशिताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अध्ययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन/अनुसन्धान गरी नीतिगत सुधारसँगै समावेशिताको विषय वस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागकाका प्रमुख …