पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धित विषय समावेश गराउने भएको छ । राष्ट्रिय सूचना आयोगसँग बिहीबार भएको छलफलपछि केन्द्र माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषय समावेश गर्न तयार भएको हो । केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल लगायतका पदाधिकारीहरू र आयोगका पदाधिकारीबीच छलफल भएको थियो । छलफलको क्रममा ३ वटा निर्णय गरिएको आयोगले जनाएको छ । जसमा सूचनाको हकसम्बन्धी शिक्षक–स्रोत सामाग्रीलाई अद्यावधिक गर्ने र शिक्षकलाई उपलब्ध गराउ