समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन : नेपाल राष्ट्र बैँक

काठमाडौं : नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ।बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाब र मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव मात्र परेकाे बताए।उनले भने 'रुस र युक्रेन युद्धकाे प्रभाव मुलुकमा देखिएको छ। उत्पादन क्षेत्रमा आवश्यक कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ। आपूर्ति प्रणालीलाई समस्या परेको छ।'पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि पनि डराउनुपर्ने

सम्बन्धित सामग्री

रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना

भैरहवा– बैंकको ब्याजदर बढी भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशायी हुनेगरि बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवसायीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।  रूपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै ब्याजदर एकल विन्दुमा कायम […]

मुक्तिनाथलाई भेटी अब बैंक खातामा

काठमाडौँ,१९ जेठ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो । नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय […]

प्रभु बैंकको क्युआरमार्फत मुक्तिनाथ मन्दिरमा भेटी दान गर्न सकिने

काठमाडाैं । प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा क्युआर कोडमार्फत भेटी दान गर्न सकिने प्रणाली सञ्चालन ल्याएको छ। नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्धन गर्ने उद्देश्यले यो प्रणाली सुरू गरिएको बैंकले बताएको छ। क्युआर प्रणाली मंगलबारदेखि लागू भएको हो। एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले क्युआर कोड पेमेन्ट सिस्टमको उद्घाटन […] The post प्रभु बैंकको क्युआरमार्फत मुक्तिनाथ मन्दिरमा भेटी दान गर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई दिन बिदा: पेट्रोलियम खपतमा मासिक ३५ प्रतिशतले कमी आउने

पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधनहरु नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउनेछ ।

नेपाल राष्ट्र बैँकमा १६६ जना संक्रमित

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमणको दर उच्च देखिएको छ। नेपाल राष्ट्र बैँक र त्यसका शाखाहरुमा गरेर १ सय ६६ जना संक्रमित भएका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाखर भट्टका अनुसार राष्ट्र बैंक र त्यसका शाखामा गरी एक सय ६६ जना कर्मचारी संक्रमित भएका हुन्। ‘कर्मचारी संक्रमण दर बढेपछि कतिपय शाखामा बैंकको […]