राष्ट्र बैंकलाई लघुवित्तका लगानीकर्ताको प्रश्न, ‘ब्याज महँगो भयो मात्रै भन्ने कि काम पनि हेर्ने ?’

देशभर स्थापना भएका लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालले २ दिने संचालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । फाल्गुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा संचालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना संचालकका लागि नेपाल राष्ट्र बैँक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, राष्ट्र बैकका कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ, पुर्व सचिव तथा लघुवित्तका विज्ञ डा. मान बहादुर वीके, राष्ट्र बैकका निर्देशक बुद्धराज शर्मा, डा. शालिकराम पोखरेल, राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले प्रशिक्षण दिएका हुन् । तालिम कार्यक्रममा प्रशिक्षण सहित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । लघुवित्तमा देखिएको तरलताको अभाव, निती निययको समस्या, ब्याजदरमा देखिएको समस्या लगायत बिषयमा अध्यक्ष तथा संचालकहरुले राखेका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दे कार्यकारी निर्देशक अधिकारीले समस्या समाधानका लागि राष्ट्र बैकका र सरकारको विषेश फोरममा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे । अर्का कार्यकारी निर्देशक डा. क्षेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थामा प्रशिक्षण सहित सहभागीहरुसगँ अन्तरक्रिया गरेका छन् । लघुवित्तका बिज्ञ डा मान बहादुर वीकेले लघुवित्त क्षेत्रमा देखिएका समस्था तथा चुनौतीका विषयमा आफ्ना तर्कहरु राख्दै त्यसको समाधानका उपायहरुका विषयमा सहभागीहरुसगँ अन्तरक्रिया गरेका छन् ।निर्देशक बुद्धराज शर्माले लघुवित्तका अध्यक्ष तथा संचालकहरुको भुमिका विषयमा, अर्का निर्देशक डा. शालिकराम पोखरेलले अन्य देशहरुमा लघुवित्त कसरी संचालित हुन्छन्् भन्ने विषयमा र पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले कर्पोरेट गभर्नेन्सका बिषयमा प्रशिक्षण दिएका छन् ।कार्यक्रममा बोल्दै माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले सधै लघुवित्तको व्याजदर महगों भयो भनेर मात्रै कुरा उठ्ने तर आफूहरु गाँउ गाउँमा गएर जनतालाई सहजै तरिकाले दिएको सेवा सुविधाको कुरा नउठ्ने गुनासो गरे । ‘हामी राष्ट्र बैंकको निर्देशन इमानदारी पुर्वक पालन गर्छाैँ, तर राष्ट्र बैकले हाम्रो समस्या सुनिदिनुपर्यो’ अध्यक्ष पोखरेलले भने ।लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई राष्ट्र बैँकलाई सुनाएर सम्बन्धित मन्त्रालयसम्म पुर्याउन एमफाननले पहल गर्ने अध्यक्ष पोखरेलको भनाई छ । नेपाल सरकारका पुर्व सचिव तथा लघुवित्तमा पिएचडी गरेका लघुवित्तका विज्ञ डा. मान बहादुर वीकेले लघुवित्त सम्मेलन गर्न दिएको सुझावमा एमफानको नेतृत्वमा सम्मेलन गर्न एमफानका संचालकहरु सहित सहभागी लघुवित्तका संचालकहरुले प्रतिवद्धता जनाएका थिए । 

सम्बन्धित सामग्री

निजगढ विमानस्थलको काम चाँडै अगाडि बढाइने

काठमाडौँ – सरकारले निजगढ विमानस्थलको काम अघि बढाउने घोषणा गरेको छ। विमानस्थलको काम सुरु गर्न वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम अघि बढाइने भएको हो। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

अफगानिस्तानमा महिलालाई काम गर्न प्रतिबन्ध : ३ वटा एनजीओले काम राेके

तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा काम गरिरहेका तीन वटा प्रमुख गैरसरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी काम गरिरहेका केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी परिषद् र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति निकालेर आफूहरूले महिला कर्मचारीविना आफ्नो काम जारी राख्न नसक्ने बताएका बीबीसीले जनाएको छ । उनीहरूले आफूहरूका महिला कर्मचारीले निर्बाध काम गर्न पाउनुपर्ने बताएका छन् । तालिबानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि हिजो शन...

म अहिले पनि १८ घण्टा काम गर्छु, साथीहरु १४ घण्टा काम गर्नूस्: ओली

'म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नु...

'मलाई काम गर्न दिनुस्'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । 'म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,' उनले भने, 'मलाई काम गर्न दिनुस् ।'आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन

‘प्रेमा’मा काम गर्दै सुवेक्षा

चलचित्र ‘रणवीर’बाट डेब्यू गरेकी मोडल सुवेक्षा खड्काले दोश्रो चलचित्रमा काम गरिरहेकी छिन् । सुवेक्षाले पहिलो चलचित्रमा काम गरेको ३ बर्षपछि दोश्रो चलचित्र ‘प्रेमा’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनी शिर्ष भूमिकामा रहेको वुझिएको छ । यो चलचित्रको छायांकन २ साता अघिदेखि सुरु भएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई ‘रणवीर’ चलचित्रका निर्देशक गोविन्द सिंह […]

काम लिने तरिका

एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही भनेनन् ।...

‘काम छैन, के खाने ?’

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु सवैभन्दा धेरै मर्कामा परेका छन् । दिनभरी भारी बोक्ने र रिक्सा चलाएर बिहान बेलुका छाक टार्ने मजदुर वर्ग निषेधाज्ञापछि काम नपाउँदा समस्यामा परेका हुन् । उनीहरुले काम नहुँदा हातमुख जोड्नै समस्या हुन थालेको गुनासो गरेका छन् । ‘अरु बेला त काम पाइन्थ्यो तर, निषेधाज्ञापछि काम छैन । सवैतिर बन्द छ, काम नभएपछि भरे के खाने भन्ने चिन्ता छ’, वसन्तपुरमा भेटिएका एक मजदुरले भने, ‘रोगले भन्दा पनि

जब बुढ्यौलीमा पनि काम गर्नुपर्ने हुन्छ

बुढ्यौली दिनदिनै महंगो हुँदैछ । संभव भएसम्म, आउँदो पीढींले गरिरहेको काम छाड्ने बिचारलाई सधैका लागि त्याग्नुहोस् । के गर्ने, जब हामी बुढो हुन्छौ ? के हामी काम गर्नका लायक रहन्छौ ? के कसैले हामीलाई काम दिन्छ ? डाक्टर बिल फ्रैंकलैन्ड १ सय ६ बर्षका छन् । सायद यो धर्तीमा काम गरिरहेका सबैभन्दा पाको डाक्टर उनै […]