सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा झरेको छ । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.३३ अंकले घटेर ५९०.१५ बिन्दुमा झर्न पुगेको छ । नेप्सेका अनुसार