यार्सागुम्बा टिप्न नाम्के लेकतर्फ

मनाङमा वैशाख दोस्रो हप्ताबाट यार्सागुम्बा टिप्नको लागि सिजन सुरु भएको छ । जिल्लाका विभिन्न लेकहरूमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि स्थानीय तथा बाहिरी जिल्लाका मानिसहरू यार्सागुम्बा टिप्न मनाङ आउन थालेका छन् ।

सम्बन्धित सामग्री

यार्सागुम्बा टिप्न पाटन लागे मुगुका स्थानीय, एक महीनामा पाँच लाखसम्म कमाइ

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रवारदेखि वन प्रवेश खुला गरिएको छ ।  यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका सङ्कलनकर्ताले मात्र वन प्रवेश अनुमति पाउने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।   यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेमध्ये जिल्लाभित्रका सङ्कलकलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले कर गाउँपालिकाले तोकेको छ ।  गाउँपालिका–१ र २ मा पर्ने वन तथा पाटन क्षेत्र रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला र टाँकेमा बढी यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभरिका बासिन्दाका साथै छिमेकी जिल्ला जुम्ला, कालीकोट, बाजुरा, हुम्लाबाट पनि सयौं मानिस आउने गरेका छन् ।  विगत दुई वर्षयता कोरानाले गर्दा कर्णालीवासीलगायत मुगालीको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा सङ्कलन तथा विक्री बन्द भएकाले स्थानीयवासीले आर्थिक समस्या झेल्दै आएका थिए । चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरूपमा खोल्न प्रयास नगर्दा सङ्कलक तथा व्यापारीले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन् । एक महिनासम्म यार्सा सङ्कलन गरे पनि सङ्कलक तथा व्यापारीले साउन महिनाको अन्तिम सातादेखि चीनबाट ह्याजिमारमा लाग्ने हाटबजार नखोल्दासम्म पर्खनुपर्ने बाध्यता छ ।  उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, छिनछिनमा परिरहने हिउँ र चिसोका कारण बर्सेनि पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने भएकाले यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने सङ्कलक दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा बीमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समय मै उद्धार, आपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।  यो याममा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० वर्षसम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाउँघरमा बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिने गर्दछन् । पाटनमा पाइने यार्सागुम्बा तीन गुणस्तरका हुने भएकाले तिनलाई छुट्याउन एक, दुई र तीन नम्बरका भन्ने गरिन्छ । यो वर्ष पाटनमा एक नम्बरका लागि रू सात सय, दुई नम्बरका लागि रू चार सय र तीन नम्बरका लागि रु दुई सय मूल्य तोकिएको स्थानीय यार्सा व्यापारी र्छोतेन लामाले बताए । उनले भने, ‘यो मूल्य पाटनमा यार्सा सङ्कलकबाट खरिद गर्दा पर्ने मूल्य हो, यहाँबाट व्यापारीले काठमाडौं, पोखरा, नेपालगञ्ज र दोस्रो देशतिर पु¥याउँदा कति मूल्यमा विक्री गर्छन् त्यो आफूहरूलाई थाहा हुँदैन ।’ पाटनमा यार्सा सङ्कलन गर्न पुगेका सङ्कलकले सङ्कलन अवधि (एक महिना)भित्र यार्सा सङ्कलनबाट न्यूनतम रू एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् । रासस

बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थाले

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन्।केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। अहिले बझाङका अधिकांश स्थानीय तहमा मुसलधारे पानी परिरहेको छ।यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछ

यार्सागुम्बा टिप्न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।जिल्लाको सुर्मा गाउँपालिका–३ सैनगाँउका ३६ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए।उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो। पानी परेकाले घटनाकाे थप विवरण नआएकाे र घटनास्थलतर्फ प्रहरी टा

यार्सागुम्बा टिप्न लेकतर्फ लागे मनाङवासी

बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा […]

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

– नरेन्द्रसिंह कार्की/  गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । अपि हिमाल गाउँपालिकाका कार्की  १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउनुहुन्छ । पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउनुुहुन्छ । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती […]

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला - अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउनुहुन्छ । पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउनुुहुन्छ । घरमा दुई बुढाबुढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उहाँ सुनाउनुहुन्छ । 'ए...

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला, २ साउन । अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउछन् । पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै […]

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुलाको अपी हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्ष भरलाई खर्च जुटाउँछन् ।पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन् । य