यार्सागुम्बा टिप्न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।जिल्लाको सुर्मा गाउँपालिका–३ सैनगाँउका ३६ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए।उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो। पानी परेकाले घटनाकाे थप विवरण नआएकाे र घटनास्थलतर्फ प्रहरी टा