बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थाले

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन्।केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। अहिले बझाङका अधिकांश स्थानीय तहमा मुसलधारे पानी परिरहेको छ।यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछ