अहिले जति पनि वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई प्रलोभनमा पार्ने माध्यम भनेकै सामाजिक सञ्जाल भएको छ । यसका लागि सबैभन्दा धेरै टिकटकको प्रयोग व्यापक रूपमा भइरहेको छ ।
कुनै एउटा पेज बनाउने तर त्यहाँ वैदेशिक रोजगारीमा पठाउने संस्थाको नाम पनि स्पष्ट नराख्ने, लोकेसन कहाँ छ त्यो पनि नदिने, ठेगाना नभन्ने तर यो नम्बरमा सम्पर्क गर्नुहोस् भनेर नम्बरहरू उपलब्ध गराउने प्रवृत्ति बढ्दो छ ।
अब यहाँ बुझ्न पर्ने कुरा के हो भने यसरी कोही पनि व्यक्तिले व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउन स...