सन्धिखर्कमा मासु र बेकरी पसल मापदण्ड विपरित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा मासु पसल र बेकरी उद्योग मापदण्ड विपरित संचालन भएको पाइएको छ । सन्धिखर्कमा केहि मासु पसल र बेकरी उद्योग अत्यन्तै फोहोर र मापदण्ड विपरित संचालन भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रमुख विमल कुमार दाहाल र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको संयुक्त पहलमा गरिएको बजार अनुमनामा यस्तो […]

सम्बन्धित सामग्री

मकवानपुरमा उद्योगको अनुगमन, तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही

बागमती । मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक वेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो । सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै जरिवानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकरी दिए । अनुगमन टोलीले सो उद्योगले गैरकानुनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले रु दुई लाख ५० हजार जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यू पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको छ । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए । रासस

अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही

वैशाख ५, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ महीनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रू. एक करोड १८ लाख ६१ हजार राजस्व संकलन गरेको छ ।  अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिए । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना संकलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी, खान अयोग्य वा म्याद सकिएका रु ५३ लाख ५४ हजार ८४७ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । सो अवधिमा सबैभन्दा धेरै ६२७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा ३६८ पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।  यस्तै १८६ ओटा कस्मेटिक तथा कपडा पसल, ११२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरी र ८८७ अन्य उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीदविक्री बिल नराख्ने फर्मलाई रू. पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।  पछिल्लो समय बजारमा छडलगायत निर्र्माणसामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोेक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।  नियमित बजार अनुगमन भइरहेको उल्लेख गर्दै उनले विभागले उपभोग्य वस्तु र गुणस्तरमा केन्द्रित भएर अनुगमन गर्ने गरेको बताए । रासस