मकवानपुरमा उद्योगको अनुगमन, तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही

बागमती । मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक वेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो । सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै जरिवानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकरी दिए । अनुगमन टोलीले सो उद्योगले गैरकानुनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले रु दुई लाख ५० हजार जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यू पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको छ । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए । रासस

सम्बन्धित सामग्री

३४७ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड विपरीत कारोबार गर्ने ३४७ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज १२ सम्ममा एक हजार एक सय ४६ वटा व्यावसायिक फर्म अनुगमन गर्दा ३४७ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको हो । मापदण्ड उल्लघंन गरी व्यवसाय गर्ने ३४७ वटा फर्मलाई कारबाही गरी ९२ […]

व्यावसायिक फर्ममाथि कारबाही

काठमाडौं, २१ चैत । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो । चालु आर्थिक वर्ष २०७९÷८० […]

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

हेटौँडा : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ। लिखित तथा मौखिकरुपमा पटक-पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको…

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

उपभोक्ता ठगी गर्ने ८ सय ६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षको साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो ।सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं । उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आ.व.को साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो । सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]

सात व्यावसायिक फर्मलाई कारबाही

खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाहीसहित जरिवाना गरेको छ ।उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि पाँचदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए ।यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा बालाजी डिपार्टमेन्टल […]

खरीद गरेको बिल नदेखाउने सात व्यावसायिक फर्मलाई कारबाही

वागमति, २२ मंसिर । खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ । उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि रु पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए […]

व्यावसायिक फर्ममा विभागको अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । सो अवधिमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारबाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अनुगमन […]

कालोबजारी गर्ने ५२ वटा व्यावसायिक फर्म कारबाहीमा

सुनसरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।गत आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकामध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र पसलहरू छन् । वाणिज्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी ५२ वटा फर्मलाई कारबाही […]

प्रदेश १ मा एक वर्षमा ५२ वटा व्यावसायिक फर्ममाथि कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७-७८ मा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।