भेटिएनन् कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक

कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक, सहचालकको झण्डै २१ घण्टा बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन ।मंगलबार साँझ नौ बजे दैलेखको आठबीस नगरपालिका –४ खोटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खसेको थियो ।दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा५ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्ड

सम्बन्धित सामग्री

कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएनन्

दैलेख – दैलेखकाे आठबीस नगरपालिका ४ खाेटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएका छैनन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर मङ्गलवार राति कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए ।  सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर खोटेसल्ला डाँडाबाट कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक पुष्प कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार राकम प्रहरी कार्यालयमा&n...

दैलेखमा टिपर दुर्घटना, दुईजना बेपत्ता

दैलेख : आठबिस नगरपालिका–४ खोटेसल्लामा मंगलवार राति भएको टिपर दुर्घटनामा दुई जना बेपत्ता रहेको अनुमान गरिएको छ। कर्णाली राजमार्ग अन्तर्गतको खोटेसल्लामा करिब सवा ९ बजे टिपर दुर्घटना भएको हो। टिपर १ ५० मिटर तल कर्णाली नदिमा खसेको प्रहरीले जनाएको छ। लमहीबाट जुम्लातर्फ सिमेट लगेर जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपरका चालक र सहचालक बेपत्ता रहेको हुन सक्ने प्रहरीको अनुमान छ। तर, टिपरमा कति जना थिए भन्ने अहिलेसम्म खुलेको छैन। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार कर्णाली नदीको बहाव बढेकाले ...