कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएनन्

दैलेख – दैलेखकाे आठबीस नगरपालिका ४ खाेटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएका छैनन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर मङ्गलवार राति कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए ।  सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर खोटेसल्ला डाँडाबाट कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक पुष्प कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार राकम प्रहरी कार्यालयमा&n...

सम्बन्धित सामग्री

कर्णालीमा मिनीबस खस्यो, दुई जना घाइते, एक बेपत्ता

कर्णाली, २० चैत्र । कालिकोटको पचालझरनास्थित कर्णाली नदीमा आज मिनीबस खस्दा गाडीका सहचालक बेपत्ता भएका छन् । पचालझरना गाउँपालिका–८ पर्ने भुइँचेचाङ र खोली बजारनजिक जीतेगडा–कोल्टी सडकखण्डमा सडकबाट ००२ ख ०१६२ नम्बरको मिनीबस नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उक्त मिनीबसमा चालक, सहचालक र एक महिला यात्रु थिए । तीनजना मध्ये एक जना बेपत्ता […]

पहिरोमा परी स्काभेटरसहित तीनजना बेपत्ता

२९ पुस, धादिङ । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरुनजिकै पहिरोमा परी स्काभेटरसहित तीनजना बेपत्ता भएका छन् । आज बिहान पहिरो खसेर पुरिँदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताए । लब्दुङबाट लिङ्जोतर्फ […]

धादिङ पहिरोमा बेपत्ता तीनमध्ये एकजनाको पहिचान खुल्यो

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धारका लागि हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली गएको छ।रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे सुक्खा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। पुरिएका डोजर चालक, सहचालक र स्थानीय एक जनाको उद्धारका लागि सशस्त्र प्रहरीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले थाहाखबरलाई जानकारी दिए।धादिङमा प

धादिङको रुबीभ्याली पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली–१ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए । पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । सडक खन्दै गरेको […]

धादिङमा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।रुबीभ्याली-१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए।घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ। घटनास्थल नजिकको सेर्तुङ प

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

धादिङमा पहिरोमा पुरिएर डोजरसहित तीन जना बेपत्ता

काठमाडौँ । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएपछि उद्धारको लागि टोली परिचालन गरिएको बताइएको छ । चालक, सहचालक र बाटो समितिका एक […]

तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता

चितवन । नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ। खाने तेल बोकेको ट्याङ्कर बुधवार साँझ त्रिशूलीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो। ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए। ट्याङ्करको केही […]

भेटिएनन् कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक

कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक, सहचालकको झण्डै २१ घण्टा बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन ।मंगलबार साँझ नौ बजे दैलेखको आठबीस नगरपालिका –४ खोटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खसेको थियो ।दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा५ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्ड