एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी महिना जेनेभामा शिखर वार्ता हुने भएको छ। बाइडेन सत्तामा पुग्दासाथ दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै जाँदा यी नेताले आमनेसामने भेटवार्ता गर्न लागेका हुन्। ह्वाइट हाउसका अनुसार दुई नेताबीच जुन १६ का दिन कुराकानी हुनेछ। दुई पक्षबीच प्रमुख मुद्दाहरूमा विस्तारपूर्वक कुराकानी हुने पनि ह्वाइट हाउसले बताएको छ।