काठमाडौं। दुई शक्तिशाली मुलुक अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध खराब बनेको छ। यी देशका राष्ट्रप्रमुखहरु जुन १६मा भेट गर्दै छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जी–७ बैठकको क्रममा स्विट्जरल्यान्डमा भेट तय भएको हो। केही दिनअघि बाइडेनले पुटिनलाई ‘हत्यारा’को संज्ञा दिए। दुई शक्तिशाली नेताबीचको भेटमा के कुरा हुने हो भनी संसारले उत्सुकतापूर्ण नजरमा हेरिरहेको छ।