‘सम्झनामा बालकृष्ण सम’

१२२ औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तरक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ ।

सम्बन्धित सामग्री

ललितकलामा ‘सम्झनामा बालकृष्ण सम’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बालकृष्ण समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित ‘सम्झनामा बालकृष्ण सम’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “उहाँ समग्र कला, साहित्य क्षेत्रको अभिभावक मात्र नभई बहुआयामिक व्यक्तित्व हो ।”

‘सम्झनामा बालकृष्ण सम’ तीनवटै प्रज्ञा प्रतिष्ठानको विचार गोष्ठी

काठमाडौँ : १२२औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तरक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ।ललित कला प्रज्ञा प्रतिष्ठानमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा तीन वटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा बालकृष्ण समको तस्वीरमा

विभिन्न कार्यक्रम गरी मनाइयो बालकृष्ण समको १२२ औँ जयन्ती

काठमाडौँ : नाट्यसम्राट बालकृष्ण समको १२२ औं जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ।बुधवार काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरेर समको स्मरण गरिएको हो। समलाई स्मरण गर्दै वरिष्ठ साहित्यकार बैरागी काइँलाले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्त प्रतिभाशाली व्यक्तित्व नपाएको भए नेपाली साहित्यको आजको विकास हुन नसक्ने बताए।उनले नेपाली साहित्यलाई उन्नत गराउन मात्रै नभई विविध विधामा फलयुक्त बनाउन र विश्व समुदायमा चिनाउन नाट्य सम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको भूमिका महत्त्

बालकृष्ण सम जन्मेको घर जीर्णोद्धार गर्न पर्यटनमन्त्रीले दिए निर्देशन

१९ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बालकृष्ण सम जन्मिएको घरको जीर्णोद्धार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् । बिहीबार ज्ञानेश्वरस्थित बालकृष्ण समको घर अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । …

दरबारभित्र सीमित नाटक समले नै सर्वसाधारणबीचमा पुर्याए : हरिहर शर्मा

‘बालकृष्ण सम’ नेपाली नाट्य क्षेत्रका एउटा ध्रुव तारा थिए । लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, निर्देशकलगायत धेरै विधामा क्रियाशील उनी रङ्गशिल्पी, नाट्यसम्राटको रूपमा समेत परिचित छन् । दरबारभित्र सीमित रङ्गमञ्चलाई सर्वसाधारणसम्म ल्याउने श्रेयसमेत उनलाई नै जान्छ । राणा परिवारमा जन्मिए पनि आफूलाई आम नेपालीसँग बराबर देखाउन उनले आफ्नो नामबाट ‘शमशेर जङ्बहादुर राणा’ हटाएर ‘सम’ राखेका थिए ।डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा,

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

काठमाडौं : त्रिमूर्ति निकेतनले २०७८ सालको 'लेखनाथ काव्य पुरस्कार' छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी यो वर्षको 'बालकृष्ण सम पुरस्कार' नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री श्रीमती मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।'देवकोटा काव्य पुरस्कार' आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निकेतनले यसअघि जनाइसकेको छ।ताम्रपत्रका साथ यी तीनवटै पुरस्कार राशि जनही एक लाख रुपैयाँ रहेको छ। त्रिमूर्ति निकेतनका संस्थापक

यमलोकभन्दा माथि

यो कुनै बास हो मेरो नित्य जीवनमार्गको । कतैतिर म हिंड्नेछु स्वप्न पूरा भएपछि ।। –बालकृष्ण सम सम जिन्दगीलाई स्वप्न मान्थे सायद । निद्रा भंग भएपछि स्वप्न मर्छ । त्यसो त, सृष्टि र विनाश प्रकृतिका अनुलंघनीय नियम हुन् । भौतिक जगतमा हरेक वस्तु नाशवान छन् । विनाश मृत्युको अर्को नाम हो । मृत्यु शब्द उच्चारण […]

समले नेपाली नाटकको रूपरेखा नै बदलिदिए : प्राडा कृष्ण गौतम

राणा परिवारभित्र जन्मिएर पनि नेपाली साहित्यको खास गरी नाटक क्षेत्रमा बालकृष्ण समको विशिष्ट योगदान छ । उनका हजुरबा डम्बर शमशेरको घरमा प्रायः सधैँ नाटक देखाइन्थ्यो । त्यसो हुँदा समले नाट्यकारिता घरमै सिके । नाट्य लेखनमा उनको झुकाव बढ्यो । २४ माघ,  विसं १९५९ सालमा काठमाडौंको ज्ञानेश्वरमा उनको जन्म भएको थियो । बालकृष्ण सम नेपाली साहित्यमा पुनर्जागरण ल्याउने विशिष्ट साहित्यकार हुन् । नेपाली साहित्यमा उनले अलौकिक सत्य (स्वर्ग, नर्क, भूत, प्रेत आदि) बाट छुटाएर यस धर्तीको सत्य (सामान्य जनजीवन) लाई

‘चिसो एस्ट्रे’ चैत ४ मा प्रदर्शनमा आउने

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिनेशले यसअघि ‘बालकृष्ण सम :अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिएजुन काठमाडौँ पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै  थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्र मार्फत मानिसको अन्तर यात

नेपाली शेक्सपियर बालकृष्ण सम

वालकृष्ण सम नेपाली साहित्य जगतका शेक्सपियर मानिन्छन् । शेक्सपियर विश्व साहित्यमा नाटक विधाका शिखर व्यक्तित्व हुन् । वालकृषण सम पनि नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुन् । तर सम नाटकमा मात्र सीमित थिएनन् । कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि उनले कीर्तिमानी रचनाहरु नेपाली साहित्यलाई प्रदान गरेका छन् । उनका नाटक विधाका रचनाका अतिरिक्त […]