समले नेपाली नाटकको रूपरेखा नै बदलिदिए : प्राडा कृष्ण गौतम

राणा परिवारभित्र जन्मिएर पनि नेपाली साहित्यको खास गरी नाटक क्षेत्रमा बालकृष्ण समको विशिष्ट योगदान छ । उनका हजुरबा डम्बर शमशेरको घरमा प्रायः सधैँ नाटक देखाइन्थ्यो । त्यसो हुँदा समले नाट्यकारिता घरमै सिके । नाट्य लेखनमा उनको झुकाव बढ्यो । २४ माघ,  विसं १९५९ सालमा काठमाडौंको ज्ञानेश्वरमा उनको जन्म भएको थियो । बालकृष्ण सम नेपाली साहित्यमा पुनर्जागरण ल्याउने विशिष्ट साहित्यकार हुन् । नेपाली साहित्यमा उनले अलौकिक सत्य (स्वर्ग, नर्क, भूत, प्रेत आदि) बाट छुटाएर यस धर्तीको सत्य (सामान्य जनजीवन) लाई