तीन दिने भारत भ्रमण पूरा गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फिर्ता भएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारत गएका थिए ।
बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल भएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल लगायत सहभागी भएका थिए ।