काठमाडौं : पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हावी हुने बताएका छन्।नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले राजनीतिमा धनको हावी भएमा युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे।उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा माग