नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी बालकोट पुगेका छन् । सोमबार त्रिपाठी चुनावी तालमेल र नागरिकता विधेयकका विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका हुन् ।२०७४ सालको प्रतिनिधिसभा चुनावमा एमालेको चुनाव चिन्ह सूर्य लिएर त्रिपाठी समुह चुनावमा गएको थियो । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकन थालेपछि त्रिपाठी बालकोट पुगेका छन् । ‘आज केपीजीलाई भेट्न बालकोट गए । नागरिकता विधेयक र समसामयिक विषयमा छलफल भयो’ रातोपाटीसँग कुरा