पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जितेका थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि उनी राजनीतिक रूपमा पनि ओलीकै साथमा रहने अड्कलबाजी भएको थियो । यद्यपि उनी