एक अपवाद ठेकेदार जो समय अगावै सक्छन् काम

भौतिक निर्माण क्षेत्रमा अधिकांश निर्माण व्यवसायी बदनाम छन् । पुलपुलेसा, भवन, सडक जस्ता संरचनाको ठेक्का लिएर समयावधिभित्र काम नसक्ने, गुणस्तरहीन संरचना बनाउने जस्ता कार्यले आमजनता माझ ठेकेदार अलोकप्रिय छन् । तर यस्ता पनि निर्माण व्यवसायी छन्, जो समयावधि अगावै ठूला–ठूला संरचना निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृत हुँदै आएका छन् । जो आमजनताको फूलमाला र स्नेहको एक्लो हकदार बन्दै आएका छन् । ती निर्माण व्यवसायी हुन्, अनिल सिलवाल । जय विष्णु निर्माण सेवा प्रालि काठमाडौंका प्रबन्ध निर्देशक रहेका सिलवालले हालसम्म ठेक्का ल...

सम्बन्धित सामग्री

भुक्तानी नहुँदा सडक निर्माण ठप्प

गलकोट (बागलुङ), १९ कात्तिक । पाँच महिनामा ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण व्यवसायीको अडान रहे पनि उक्त सडकको काम छ महिनादेखि ठप्प छ । अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्र्दभमा यहाँको एक सडक भने सडक डिभिजन […]

समयसीमाअगावैै पुल निर्माण

सरकारी सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । ठेक्का सम्झौताअनुसार काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने काम पनि हुँदै आएकोमा बागमती प्रदेशको प्रदेश यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का आह्वान गरिएको हेटौँडाको पुल भने निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।

बेँशीशहर–चामे सडकखण्ड मर्मतमा ढिलाइ

मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्डको पुनर्निर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डका धेरै ठाउँमा क्षति पुगेकोे छ । सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यस वर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको उठिवास भएको छ भने विभिन्न पूर्वाधार बगाएको छ । बाढीले सदरमुकामस्थित मर्स्याङ्दी नदीमाथिको पुल बगाउँदा हिँडडुल गर्न समेत समस्या भएको छ । बाढीले पु¥याएको क्षति हेरेर सरकारले मनाङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । स्थानीयवासीलाई राहत उपलब्ध गराउन तथा पूर्वाधार निर्माण गर्न समस्या भएको छ । चामे सडक मर्मतका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको छ । सडक मर्मत गर्न १ करोड ९२ लाख खर्च हुने कार्यालयका इन्जिनीयर सुमन अधिकारीले जानकारी दिए । साउन अन्तिममा सूचना जारी गरेपछि उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाखमा काम गर्ने जिम्मा लिएको छ ।   असोजसम्म मर्मतको काम सक्नेगरी ठेकेदारसँग सम्झौता भएको हो । अहिलेसम्म कामको प्रगति हुन सकेको छैन । नासों गाउँपालिका–३ खोत्रोदेखि तिमाङसम्मको सडक खण्डमा सबैभन्दा बढी क्षति भएको छ । उक्त सडकखण्डमा ठेकेदार काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङले बताए । ‘मर्मतको काम केही भएको छैन,’ उनले भने, ‘सडक पूर्णरूपमा अवरुद्ध भएकाले बेँसीशहर–मनाङम्म खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । यातायात ठप्प भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएको छैन् ।’ समयमै सडक मर्मत नहुँदा खाद्यान्न संकट हुने अवस्था छ । सडक मर्मतका लागि ठेक्का लगाए पनि काम भए÷नभएको हेर्ने कुनै निकाय छैन । बाढीपहिरोबाट पुगेको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले हालै निरीक्षण गरेका थिए । ‘सडक छिटो बनाउनुपर्छ भन्नेतर्फ कसैको चासो छैन । सडक सञ्जाल नहुँदा आवतजावत मात्रै होइन, विकास निर्माण र भौतिक संरचना निर्माणका सामग्री ल्याउन सकिएको छैन,’ स्थानीयवासी राम गुरुङले भने । कम मूल्यमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले सडक मर्मतमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । तर सडक मर्मतको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले दाबी गरे । ‘बर्खाका कारण समयमै काम पूरा गर्न कठिन भएको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किने समस्या छ,’ उनले भने, ‘दशैं अगावै मनाङ सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ ।’ माथिल्लो र तल्लो मनाङलाई जोड्न करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माण गर्न थालिएपछि भने स्थानीयवासी उत्साहित छन् । माथिल्लो मनाङमा खाद्यान्न अभाव हुँदा मुस्ताङको मुक्तिनाथबाट थोराङ्ला पास (५५४८ किमी अग्लो स्थान) हुँदै खाद्यान्न सामग्री ल्याइएको थियो । रासस

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

समय अगावै बन्यो बर्दिया निकुञ्ज जोड्ने ओराही खोलाको पक्की पुल, ठेकेदार सम्मानित

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा ओहोर–दोहोर गर्ने ओराही खोलाको पुल निर्माणको काम सम्पन्न भएको छ । २०७४ साउन महिनाबाट निर्माणको काम थालिएको पुल निर्माण सम्पन्न गर्ने मितिभन्दा झण्डै ९ महिना अघि निर्माणको काम सम्पन्न भएको हो । बुधबारदेखि पुलमा ओहोरदोहोर सुरु भएको छ । बर्दियाका प्रमुख जिल्ला ...