गुल्मी : ६० लाखमा निर्माण भएको थ्री डी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ।रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो। निर्माण भएको लामो समयसम्म पार्क सञ्चालनमा नआउँदा संरचना बिग्रिएर पछि नगरपालिकाले करिब पाँच लाख रुपैयाँमा संरचना मर्मत गरेको थियो। पार्कको संरचनामा अहिले बालबालिकाको संरचनामा मनलाग्दी रजाइँ चल्न थालेको छ।पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरूले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ।