नेपालगञ्ज – बाँकेको कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समिति बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ। दलितमा पनि दमाई (परियार) को बाहुल्य रहेको उक्त ठाउँमा बाजा संरक्षणमा महिला अगाडि सरेका छन्। बाजा बजाउने सबैजसो दमाई थरका छन्। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका वा नेपालगञ्जमा हुने महोत्सव र्याली, विवाहमा महिलाले पञ्चेबाजा बजाएको देख्न सकिन्छ। ती महिला […]
मन्थली (रामेछाप) – कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्। सडक विस्तार तथा पुल निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेका हुन्। माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ […]
सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका स्थानीय दमाहा नाचको संरक्षणमा लागेको छ। परम्परागत रुपमा दमाई समुदायले दमाहा बजाएर नाचिने नाच लोप हुने अवस्था आएपछि महोत्सव आयोजना गरेर गाउँपालिका संरक्षणमा लागेको छ। उक्त गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले पुस्तौँदेखि परम्परागत रुपमा दमाई जाति दमाहा बजाएर नाच्ने दमाहा नाच लोप हुन नदिन कार्यक्रम आयोजना गरेर यसको संरक्षणमा लागेको […]
काठमाडौं, २ भदौ । विभिन्न जिल्लाबाट बसाइसराइँ गरी चितवन आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइसराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् । भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ […]
पछिल्ला वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भइरहे पनि संरक्षणमा चुनौती बढिरहेको सरोकारवालाहरूले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा शनिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तत्र्रिmयामा संरक्षणकर्मीले बाघ संरक्षणमा...
केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।...
भक्तपुर : भक्तपुर र काभ्रेका दशनामीहरू समाधिस्थल संरक्षणमा जुटेका छन्। भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि उनीहरू संरक्षणमा जुटेका हुन्।भक्तपुर र काभ्रेको नालाका दशनामीहरूको मृत्युपछि हनुमानघाट क्षेत्रमा शव दहन गरिँदै आइएका छ। समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शव दहन गर्न समस्या पर्ने गरी ढुंगा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थल कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरे पछि दशनामीहरूले स
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा ब
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ ।
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घो...