स्याङ्जा प्रतिनिधिसभा क्षेत्र-१ मा कांग्रेसका थापा निर्वाचित

स्याङजा : स्याङजाको प्रतिनिधिसभा क्षेत्र-१ को मत गणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन्। उनले ३१ हजार ९९९ मत पाएर निर्वाचित भएका हुन्।नेकपा एमालेका नारायण मरासिनीले २८ हजार ७४४ मत पाएका छन् भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका वोधराज रेग्मीले ६ हजार ६५ मत पाएका छन्।

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको नेतामा १८ मतसहित उद्धव थापा निर्वाचित भएका छन्। विराटनगरस्थित कांग्रेसको प्रदेश १ कार्यालयमा प्रदेशसभामा सहभागिका लागि शुक्रबार भएको निर्वाचनमा झापाका थापा दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दल निर्वाचन समितिका सदस्यसचिव नारायण कोइरालाका अनुसार थापाले १८ मत हासिल गर्दै जित सुनिश्चित गरेका हुन्।कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […]

स्याङ्जा–१ मा मरासिनीलाई पराजित गर्दै कांग्रेसका थापा निर्वाचित

काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभा सदस्यमा स्याङ्जा क्षेत्र नं. १ मा राजु थापा विजयी भएका छन् । नेपाली कांग्रेसका थापाले नेकपा एमालेका नारायण मरासिनीलाई ३२ सय ५५ को मतान्तरले पराजित गर्दैै विजयी भएका हुन् । थापाले ३१ हजार ९ सय ९९ मत पाएका छन् भने मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरेका […]

प्युठान प्रदेश 'ख' बाट कांग्रेसका सरोज थापा निर्वाचित

प्युठानको प्रदेश 'ख' बाट नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् ।

भक्तपुर २ मा दुर्लभ थापा निर्वाचित, महेश बस्नेत पराजित

८ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी […]

कञ्चनपुर २ (ख)मा कांग्रेसका बहादुर थापा विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका बहादुरसिंह थापा निर्वाचित भएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि थापाले निकटतम प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई एक हजार ७२६ मतान्तरले पराजित...

कपिलवस्तुको शिवराजको मेयरमा राप्रपाका थापा निर्वाचित

५ जेठ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् । थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले सात हजार १२८ मत पाए । त्यस्तै नेपाली कांग्रेसका हुमकान्त खनालले पाँच हजार ४७७, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्रले चार हजार २४ मत पाए । उपमेयरमा नेकपा […]

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

रामपुर : पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का युवराज थापा विजयी भएका छन्। अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रका युवराज…

पाल्पाको रामपुर नगरपालिकमा कांग्रेसका थापा निर्वाचित

३ जेठ, पाल्पा  । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा निर्वाचित भएका छन् । १० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । १० हजार ३०७ मत […]

गुल्मीको कालीगण्डकीमा पुनः कांग्रेसका थापा निर्वाचित

गुल्मी : कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी भएका छन्।चार हजार ८१० मत ल्याएर उनी पुन: गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामजी ढकालले चार हजार ६७७ मत ल्याएका छन्।उपाध्यक्षमा  माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी भएकी छिन्। उनले  चार हजार ४८४  मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी तारा थापाले चार हजार ३८४ मत प्राप्

गुल्मीको गुल्मीदरवार गाउँपालिका अध्यक्षमा कांग्रेसका थापा निर्वाचित

गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।