प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको नेतामा १८ मतसहित उद्धव थापा निर्वाचित भएका छन्। विराटनगरस्थित कांग्रेसको प्रदेश १ कार्यालयमा प्रदेशसभामा सहभागिका लागि शुक्रबार भएको निर्वाचनमा झापाका थापा दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दल निर्वाचन समितिका सदस्यसचिव नारायण कोइरालाका अनुसार थापाले १८ मत हासिल गर्दै जित सुनिश्चित गरेका हुन्।कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […]