काठमाडौं। दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको छ। नगरपालिकाले कुल ६२ करोड १५ लाख १३ हजार रुपैयाँको बजेट घोषणा गरेको हो। बजेटमा पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार, कृषि तथा पशुपालन, नदी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। यसैगरी गुणस्तरीय शिक्षा र खेलकुदका कार्यक्रम समेत बजेटमा समेटिएको छ।