काठमाडौं उपत्यकाको निषेधाज्ञा साउन २० सम्म थप, यी क्षेत्रमा निषेध कायमै

उपत्यकामा जारी निषेधाज्ञा साउन २० सम्म थप गरिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही क्षेत्रमा निषेध कायमै राख्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेका हु्न्। जारी निषेधाज्ञाअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टरलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन। यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, क्लब, स्वीमिङ, […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यका प्रवेश गर्न प्रशासनको सिफारिस अनिवार्य

चितवन, असार ९ । जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकामा प्रवेश गर्न अनिवार्य जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त कुराको जानकारी गराएको हो । प्रशासनले जारी गरेको सूचनामा मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला […]

काठमाडौं उपत्यका जेठ ३१ गतेसम्म निषेधाज्ञा, किराना पसल बिहान ९ बजेसम्म खुला

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जेठ २१ गतेबाट अत्यावश्यक खाद्यसामग्रीका पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै, अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न पाउने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान

विश्वभरि नै कोरोनाको दोस्रो लहरले भयानक रूप लिइरहेको छ । हाम्रो देशमा पनि पहिलो लहरको कोरोनाले भन्दा दोस्रो लहरको कोरोनाका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन् । मानिसहरूको संक्रमणदर कम गर्ने हेतुले देशका विभिन्न ठाउँमा निषेधाज्ञा गरिएको छ । उपत्यकामा पनि वैशाखको १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । एक साताका लागि भनेर गरिएको निषेधाज्ञालाई […]

८ जिल्ला बाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा

काठमाडौँः कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो। गृह मन्त्रालयका अनुसार सोमबार बिहान १०…

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित

कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरूमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र बैंकहरूले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई हुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर […]

२४ जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)

काठमाडौं :  कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा बढेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ।गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म २३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाइएको छ। तीमध्ये चार जिल्लामा आंशिक र बाँकी जिल्लाभरि निषेधाज्ञा गरिएको हो। मोरङमा पनि निषेधाज्ञा जारी गरिए पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भने उल्लेख गरिएको छैन।सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेको हुनाले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।