नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल समूहले देशभर ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका अध्यक्ष र सचिवका कारण रिक्त रहेका जिल्लामा प्रचण्ड–नेपाल समूहले पदपूर्ति गरेको हो ।
यसअघि प्रचण्ड–नेपाल समूहले ९ बुँदे मापदण्ड बनाउँदै पदीय बाँडफाँड गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार पूर्व माओवादीबाट ३५ जिल्ला र पूर्व एमालेबाट ३३ जिल्लामा अध्यक्ष चयन गरिएको छ ।
देशभरका विभिन्न ९ जिल्लामा भने नेतृत्व चयन भएको छैन ।
यी हुन् अध्यक्ष र सचिवको जिम्मे...