काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संसद विघटनकोे विरोधमा सडक संघर्ष सुरु गरेको नेकपा प्रचण्ड–नेपाल समूहले विभिन्न राजनीतिक दलहरुसँग सामूहिक अन्तरक्रिया गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिको आयोजनामा सदनमा रहेका सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग प्रतिनिधि सभा विघठन र राजनीतिक ‘कु’ बिषयक अन्तरक्रिया कार्यक्रम राखिएको प्रचण्ड –नेपाल समूह संघर्ष समितिका सचिव डा विजय पौडेलले बताए ।