काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । सोमवार काठमाण्डौमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनाैतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले तरलताको अभावमा व्यापारहरु सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताउनु भयो । उहाँले वर्तमान अव...