रोजगारीको अभावमा विदेश पलायन भएका युवाले पठाएको रेमिट्यान्सले नै देश चलायमान छ । यसमा कुनै दुई मत छैन । तर, युवा देशबाट पलायन भइरहँदा र मूल्य अभिवृद्धि नहुँदा अर्थतन्त्र कमजोर अवस्थामा पुग्यो । सामाजिक अवस्था खलबलियो । यो चिन्ताको विषय हो । युवा बिदेसिएका मात्र छैनन्, करिब ८ लाख विदेशी कामदार नेपालमा काम गरिरहेका छन् । यो संख्यालाई नेपाली युवाले प्रतिस्थापन गर्न सक्थे ।