नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् ।
प्रदेशसभा सदस्य तारालामा तामाङ आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो । “आजको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ, दलको नेतामा दीर्घबहादुर सोडारीलाई सर्वसम्मतरूपमा चयन गरिएको छ ।” उनको भनाइ छ ।
दलको नेताका लागि सोडारी, तामाङ, पार्टीका केन्द्रीय सदस्य एवं आन्तर...