सत्तारुढ गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर गरिएको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि देखिएको छ । सो पार्टीको सुदूरपश्चिम प्रदेशका नेता तथा प्रदेशसभा सदस्यहरू आफ्नै पार्टीको केन्द्रीय नेतृत्व तथा केन्द्रमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिप्रति असन्तुष्ट देखिएका हुन् ।स्थानीय तहको निर्वाचनकै पूर्वसन्ध्यामा गठबन्धन घटकमा देखिएको यो असन्तुष्टिले चुनावी तालमेल प्रभावित पर्ने त होइन भन्ने आशंकासमेत उब्जाएको छ । नेकपा एकीकृत समाजवादीका सु