बैतडी : नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तार तिव्र पारेको छ। पार्टीले हालै सम्पन्न स्थायी कमिटीको सातौं बैठकले सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीलाई दिएको छ।सुदूरपश्चिम इन्चार्जमा यसअघि नै गरिमा शाहलाई तोकिएको थियो। बैठकले प्रदेश सह–इञ्चार्जको जिम्मेवारी रामकुमार ज्ञवाली, नीरा जैरु र प्रेम आलेलाई दिएको छ। यस्तै बैतडीसहित प्रदेशका ९ वटै जिल्ला इन्चार्जको पनि टुंगो लागेको छ। बैतडीमा परमानन्द भट्ट, दार्चुलामा नरेन्द्र बिष्ट, बझाङमा दिलबहादुर सिंह, डडेल्धुरा