नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार