काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलाेमिटर ७० रुपैयाँ लाग्ने बताउनुभएकाे छ । मङ्गलवार प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे, ‘चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा लाग्छ । जबकि डिजल र पेट्रोलमा २० रुपैयाँ लाग्छ । बिजुलीबाट चल्ने माइक्रोबसमा ९० पैसा र ठूल...