काठमाण्डाै – केही हप्ता अगाडि नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा बिजुली गाडी खरिद गर्याे । नेपालमा बिजुली गाडीको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता गाडी भित्र्याएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती गाडी काठमाण्डाै उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । बिजुली गाडी प्रयोग गर्दा बर्सेनि एक करोड रुपैयाँ बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः बिजुली गाडी प्रयोग गरून् भन्ने लक्ष्यका स...