कोरोना संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गर्न माग

यमलाल भुसाल, बुटवल । छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमणको दर बढेपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपालमा त्यसको संक्रमण फैलिन नदिनको लागि सिमानाकामा कडाई गर्न र स्वास्थ्य मापदण्डको पालनाको लागि आग्रह गरेको छ । संघले आईतबार प्रेस विज्ञप्ती जारी गरि कोरोना भाईरसको संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि सरकारलाई सिमा नाकामा कडाई गर्न […]

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीको नाकामा कडाई

महोत्तरीसँग जोडिएको भारतीय सहरहरु मधुवनी,दरभंगा,सितामढी र मुजफरपुर लगायतका क्षेत्रमा कोरोना बढ्न थालेपछि सोहि नजिक रहेका महोत्तरीको नाकामा समेत चेकजाँचलाई कडाई गरिएको छ । महोत्तरीको मुख्य नाका मलिवारा (भिठामोड)मा स्वास्थ्य कार्यालयको...

प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य

नेपालगञ्ज नाकामा कडाई,अनावश्यक आवागमनमा रोक

भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै यहाँस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई शुरु गरिएको छ । भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताउनुभयो । शुक्रवारदेखि उपचार वा अति आवश्यक काम बाहेक सीमापारी सामान खरिद विक्ती र अन्य सामान्य कामले आउने जानेलाई रोकिएको प्रजिअ कुरुम्वांगले बताउनुभयो । अनावश्यक आवागमनलाई बन्द गरिएपछि नाकामा आवागमन गर्नेहरुको भिड् लागेको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । जमुनाह प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले नाकामा हुँदै आएको अनावश्यक आवगमनमा कडाई गरिएपछि नाकामा भिड् लागेकोले व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।

वीरगन्जको सीमा नाकामा कडाई

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज लगायतका पर्साका नाकाहरुमा भारतबाट प्रवेश गर्नेहरुको तापक्रम चेकजाच गर्ने लगायतका काम बिहीबारदेखि नै शुरु गरिएको छ । भारतमा कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिन थालेपछि यसलाइ मध्यनजर गरेर खुल्ला सीमा जोडिएको पर्सामा सतर्कता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन […]

भारतबाट अवैध दुध आयात रोकिँदा किसान लाभान्वित

नेपालगञ्‍ज : भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्‌।कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन बन्द भएको हो। बाँके जिल्लामा मात्रै भारतबाट अवैध रूपमा दैनिक करिब ५ हजार लिटर दुध भित्रिने गरेको थियो।भारतीय दुध आयात रोकिएपछि बाँकेका ग्रामिण किसानले उत्पादन गरेको दुधले बजार पाउन थालेको छ। दुध बिक्रेताहरूले गा