काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदाे असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी ...