नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ गतेबाट पोखरामा हुँदैछ । प्रतियोगिताको मिति गत फागुनमा तोकिए पनि सदस्य–सचिवको विवादका कारण समयमै हुन सकेन । सरकारले प्रतियोगिता जेठमा आयोजना गर्ने निर्णय गर्यो । अब प्रतियोगिताका लागि लामो समय छैन । चुनावी माहौल र परीक्षाको बीचमा हुन लागेको नवौँ खेलकुदका लागि तयारी चुनौतीपूर्ण छ । प्रदेशका खेलाडीदेखि विभागीय टोलीहरूलाई चुनावको समयमा खेलाडी तयार पार्न सहज छैन । स्तरीय खेलाडीको आगमनमा धेरै तयारी चाहिन्छ । हतारमा सुन्दर खेल पस्कन सम्भव छ