पाल्पा । पाल्पामा क्रियाशिल संस्था कालीगण्डकी फाउण्डेशन नेपालले जिल्लाको रामपुर क्षेत्रमा चल्ने एम्बुलेन्सका चालकलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड संक्रमणमा जुध्दै यस्तो अबस्थामा संक्रमित तथा अन्य बिरामीलाई उपचार तथा आइसोलेसन बाट घर लान ल्याउन २४ शै घण्टा खट्ने एम्बुलेन्स चालकको मनोबल उच्च बनाउन सस्थाले स्वास्थ्य सामाग्री दिएको हो ।