स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई

स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई धनकुटा समाचारदाता धनकुटा, चैत्र १५ गते । स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको छ । विश्वभरी फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै संक्रमित लगायतलाई उपचारका लागि सहजहोस भनि धनकुटा नगरपालिकाले स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामाग्री सहित पिपिई उपलब्ध गराएको धनकुटा नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो । शुक्रबार सतर्कता सम्बन्धी सूचनाप्रकाशितगर्दै विगत २१ दिनभित्रमाबिदेशबाट आएका सबैसँग सम्पर्क र अनुगमनगर्नु पर्ने भएकाले स्वास्थ्यकर्मीहरुलाई जोखिमहुन सक्ने हुदा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गत रहेका ५ वटा स्वास्थ्य संस्थाहरुलाई एकएकथानपिपिईका साथै सेनिटाइजर, युटिलिटी ग्लोब, सर्जिकलग्लोब लगायतकास्वास्थ्यसामग्रीहरु उपलब्ध गराइएको धनकुटा नगरपालिकाका स्वास्थ्य संयोजकभोजराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको संक्रमण हुननदिन रात दिन कार्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरु नै आवश्यक सामग्रीको अभाव भई जोखिममा परेकाले नगरपालिकाले समाग्री खरिद सहयोग र समन्वयता, अहिलेको अपरिहार्यता भन्ने नाराका साथमा वडा नम्वर ९ स्थित लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । यसका साथै बिश्वब्यापी रुपमा तिव्र गतिले फैलि रहेको भाईरसको संक्रमणबाट बच्न पुर्बतयारी तथा प्रतिकार्यको लागि नेपाल सरकारको विभिन्न निकायहरुले अनेकौ प्रयासहरु गरिरहेका समयमा धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित कोरोना भाईरसको जोखिम बाट सुरक्षित रहनको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । अहोरात्र खटिरहेका बेलाहारा स्वास्थ्यचौकी र नेपाल सरकारको निर्णयलाई कार्यन्वयनगर्न तैनाथ रहेका बेलाहारा अस्थायी प्रहरी चौकी, मुलघाट प्रहरी चौकी र स्वास्थ्यइकाई मुलघाटलाई वडा नम्वर ९ का वडा अध्यक्ष मनोज रायाले स्यानिटाईजर, माक्स तथा अन्य आधारभुत सामग्रीहरु बितरण गर्नु भएको हो । रेडक्रसले बाड्यो सुरक्षाकर्मीलाई खाद्यान्य मानवीय काम गर्नेलाई जहाँ भेटियो त्यही सम्मान र ममता दिउँ भन्ने अभियानका साथ अगाडि बढेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले विपद्को समयमा सुरुक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई खाद्यान्य वितरण गरेको छ । हालविश्वभरि नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिरहेको समयमा आफ्नो ज्यानको सुरक्षालाई थाती राख्दै भोकै तिर्खै जिल्लावासिहरुको स्वास्थ्यका लागि अहोरात्र खटिएर राज्यले गरेको लकडाउनलाई व्यवस्थित बनाउन तैनाथ सुरक्षाकर्मीहरुलाई सम्मान स्वरुप बाटैमा खाजा र पानीवितरण गरिएको हो । सुरक्षा निकायले भाईरसको संक्रमणबाट बच्ने उपायकाबारेमाजिल्लाबासिहरुलाई सचेत गराउदै शाखाकार्यालय कर्मीटार देखि तत्लो कोप्चे, मदनचोक, त्रिबेणी स्कुल, बसपार्क, जिरोप्वईन्ट, जिल्लाप्रहरी कार्यालय भिमनारायण चोक, सल्लेरी, लोकसेवा, कागते लगायतका स्थानहरुमा गएर खाद्यान्य वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरि कुमार राईको संयोजकत्वम ाजिल्ला शाखाका प्रतिनिधिहरुको सहभागितामा सुरक्षा निकायका प्रमुख, तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई खाद्यान्य वितरण गरिएको हो ।

सम्बन्धित सामग्री

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

काभ्रेपलाञ्चोक, ८ चैत । काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एक्बुलेन्स सञ्चालन भएको पाइएको छ । सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन् । जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको पाइएको जनाएको हो । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस […]

अब जिल्ला अस्पतालको आफ्नै एम्बुलेन्स

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौँमा रहेको उक्त एम्बुलेन्स केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सदरमुकाम सिमकोटको कार्यालयमा आइपुगेपछि सञ्चालनमा ल्याएको हो। एम्बुलेन्सलाई कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमकाबीच आफैँले चलाएर सञ्चालनमा ल्याएका हुन्। अस्पतालले पहिलो पटक एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। उनले सधैँ स्टेचर र निजी […]

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

नरहरिनाथलाई एम्बुलेन्स सहयोग

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तानान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।...

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

मनाङ – जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन्। पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ। पर्यटक तथा […]

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछि विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल  हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरप

ठेक्कामा चल्छन् एम्बुलेन्स

दाङमा सरकारी स्वास्थ्यचौकी, निजी अस्पताल र विभिन्न सामुदायिक संघसंस्थाका गरी ७६ वटा एम्बुलेन्स छन् । तीमध्ये पञ्चकुले स्वास्थ्यचौकी, तुलसीपुर उद्योग वाणिज्य संघ र भूपू सैनिक लालमटियाको गरी तीन वटा एम्बुलेन्स सञ्चालित छैनन् । बाँकी ७३ वटामध्ये अधिकांश एम्बुलेन्स ठेक्कामा चल्दै आइरहेका छन् ।एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन झन्झटबाट मुक्त हुन सङ्घसंस्थाहरूले चालकलाई नै मौखिक सम्झौतामा ती एम्बुलेन्स ठेक्का दिँदै आइरहेका छन् । नागरिक सेवाका लागि सरकारले एम्बुलेन्सका लागि भन्सार छुट गरे पनि सङ्घ

तातोपानीको आफ्नै एम्बुलेन्स सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् ।दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।एम्बुलेन्स सेवा सञ्चालन भएको महिनादिन नबित्दै […]

मेलौलीमा एम्बुलेन्स सञ्चालनमा

बैतडी : बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ। सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथसिंह नायकले बताए।उनले भने, ‘अभियान थालनी भएको छोटो अवधिमै उल्लेख्य रकम सङ्कलन गर्न सफल भएका छौं। देश तथा विदेशबाट उठेको रकमबाट तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका हौँ।’विसं २०७७ चैतबाट थालिए

निःशुल्क एम्बुलेन्स सेवा

'आव २०७८/०७९ वडागत कार्यक्रम अनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ', उनले भने, 'अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन।'