उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समयमै पूरा हुने बताएका छन् । ठेकेदार कम्पनीका कारण आयोजना समयमा पूरा नहुने हो कि भन्ने आशंका भइरहेका बेला मंगलबार आयोजना निरीक्षणमा आयोजनास्थल आएका मन्त्री थापाले आयोजना समयमै पूरा गरेर सफल पार्नु सबैको दायित्व भएको बताए ।
४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । यो स्वदेशी लगानीमा निर्माणाधीन छ ।