बेन्च नबसे पनि धमाधम पेसी तोकिँदै, प्रधानन्यायाधीश पनि आज इजलासमा

सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम जारी छ । सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् ।यद्यपि, सोमबारका लागि विभिन्न विषयका २९८ मुद्दा पेसीमा राखिएको छ । ती मुद्दालाई विभिन्न १० इज