व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) खर्च सम्बन्धी कार्यविधि बनाउने प्रक्रिया अगाडी बढेको छ । ‘औद्योगिक व्यवसाय ऐन, २०७६’ को व्यवस्थाअनुसार सीएसआर कार्यविधि निर्माण प्रक्रिया अगाडि बढेको हो ।उद्योग विभागले कार्यविधिको पहिलो ड्राफ्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको छ । विभागले मन्त्रालयमा कात्तिक २३ गते ड्राफ्ट पठाइसकेको छ । विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले कार्यविधिका पहिलो ड्राफ्ट मन्त्रालयमा पठाएको बताएका छन् ।‘विभागबाट हामीसँग फाइल आइसक्यो । मन्त्रा